सुनसरी बराहक्षेत्र नगरपालिका-९ का २२ बर्षीय शिव चन्द्रवंशी र २० बर्षीय अभिशेक चन्द्रवंशीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर, भारतबाट नेपाल तर्फ को १४ प १९१७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका भोक्राहा नरसिंह-५ का १९ बर्षीय नजाम मन्सुरीलाई ८३ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
प्रदेश १-०१-०१३ प ७६१५ नम्बरको मोटरसाईकलमा चालक सुनसरी इटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय अमित गुरुङ र पछाडी सवार ४० बर्षीय हुकुम राईलाई १ ग्राम ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय चतराले लागुऔषध ट्रामोल २६ क्याप्सुल सहित बराहक्षेत्र नगरपालिका-२ का ३३ बर्षीय पवन राईलाई नियन्त्रणमा लिएको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।