विराटनगर । कोशी प्रदेशमा स्वास्थ्यसँग सम्बन्धी छुट्टै ऐन बनाउन गृहकार्य सुरु भएको छ । स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यसाथ प्रदेश सरकारले छुट्टै ऐन निर्माण गर्ने भएको हो ।

प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले छुट्टै ऐन बनाउनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता भूपेन्द्र राईले जानकारी दिए । भौतिक पूर्वाधार विकासमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहेका राईले मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सम्बन्धी छुट्टै ऐन बनाउन आवश्यक देखिएको बताए ।

सरकारले उद्योग कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान (तेस्रो संशोधन) नियमावली २०८१ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको राईले बताए ।
7
Shares
५ मंसिर २०८१, बुधबार १३:०९