लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउने छन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ । घरेलु मैदानमा उसका लौटरो मार्टिनेजले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यस्तै चीनलाई हराउँदै जापान विश्वकप छनोट नजिक पुगेको छ । एशियाली छनोट अन्र्तगत आज बिहान चीनको सिमेनमा भएको खेलमा जापानले चीनलाई ३–१ गोलले हरायो । जापान समूह ‘सी’ मा छ खेलमा १६ अङ्कका साथ पहिलो स्थानमा छ ।समूह ‘सी’ को इन्डोनेसियाले साउदीलाई २–० गोलले हरायो । यस्तै इरानले किर्गिस्तानलाई ३–२ गोलले हराएको छ । इरान समूह ‘ए’ मा छ खेलमा १६ अङ्कसहित शीर्षमा स्थानमा छ । समूह ‘बी’ मा शीर्ष टोली दक्षिण कोरियाको छ खेलबाट १४ अङ्क छ । दक्षिण कोरियाले प्यालेस्टाइनसँग १–१ को बराबरी खेलेको छ ।