इलाम । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला आगामी मङ्सिर ९ देखि सुरु हुने भएको छ ।

माईजोगमाई गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समिति नयाँ बजारको ब्यावस्थापनमा बर्सेनि धार्मिक रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला सुरु भएको हो ।

मेलाकै अवसरमा स्थानीय शिवालय धाममा सत् बिउ पलबिउ छर्नेको बिहानैदेखि भिड लाग्ने गरेको छ ।

गाउँपालिकामा आन्तरिक तथा वाह्यय पर्यटक भित्राउने लक्ष्य सहित मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले जानकारी दिए ।

गाउँपालिका भित्र निक्कै पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि प्रचार प्रसारको कमी भएकाले थप प्रचार प्रसार गर्ने उद्देश्य रहेको गाउँपालिका की उपाध्यक्ष प्रविना राईले जानकारी दिइन्।

मेला व्यवस्थापन समितिका संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाइलो मिनी मेला सञ्चालन गरिने छ ।

मेलाकै अवसरमा विभिन्न जातजातिका झाकी प्रदर्शन, सांस्कृतिक भेष भूषाको प्रदर्शन गरिने छ ।माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

14
Shares
४ मंसिर २०८१, मंगलवार १७:२३