उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । किर्ते कागज बनाएर तयार पारिएका सामग्री प्रसाईंको फेसबुकबाट सोमबार सार्वजनिक भएको थियो ।
उक्त सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएको छ । तर, त्यो आरोप पुष्टि हुने आधार नरहेको र प्रसाईंले किर्ते गरेर कागजात तयार पारेको प्रहरी स्रोतले बतायो । किर्ते कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध किर्ते मुद्धा चलाउने भएको हो ।सामाजिक सञ्जालमार्फत गलत भिडियो सार्वजनिक गरेका कारण उनलाई साइबर क्राइमको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले प्रसाईंमाथि अनुसन्धान अघि बढाउन मंगलबार नै अदालतबाट अनुमति लिने छ । अदालतबाट अनुमति लिएपछि हिरासतमा राखेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा १ लाख रूपैयाँ धरौटी माग गरेको थियो । धरौटीबापतको रकम बुझाएर उनी असोज १५ गते छुटेका थिए ।