विराटनगर । विराटनगर–३ पुष्पलाल चोकमा रहेको प्यारागन एजुकेसन फाउण्डेसन नयाँ सञ्चालकहरुको स्वमित्वमा सञ्चालनमा आएको छ ।

एक कार्यक्रमकाबीच पूर्वअध्यक्ष तथा प्रिन्सिपल दिपकप्रसाद घिमिरेले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका शिक्षकहरुको समूह नयाँ व्यवस्थापनमा आएकाले विराटनगरको उत्तरी क्षेत्र,बुढिगङ्गा र ग्रामथान क्षेत्रका विद्याथी र अभिभावक लाभान्वित हुने नवनिययुक्त प्रिन्सिपल शंकर काफ्लेले बताए ।

प्रिन्सिपल काफ्लेले पूर्ण रुपमा मन्टेश्वरी, बालमैत्री वातावरण ,गुणस्तरीय शिक्षा साथै सिप संस्कार सहितको शिक्षा प्रदान गरिने बताए ।

स्कल व्यवस्थापन समितिको अध्यक्षमा डा. रीति साह रहेकी छन् भने सञ्चालक सदस्यहरुमा रुपा झा, स्वेता सिंह, होमा बस्नेत, यज्ञप्रसाद नेपाल, श्रीषा लुइटेल, दिपा रेग्मी, प्रशान्त पौडेल, खगेन्द्र पौडेल र आइसा दाहाल लगायत छन् ।

शिक्षा र स्वास्थ्य दुवैलाई जोड्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने आधुनिक शिक्षामा जोड दिने अध्यक्ष डा. साहले बताइन् ।

77
Shares
४ मंसिर २०८१, मंगलवार १६:२९