‘लभ स्टेसन’, ’साङ्लो’, र ‘रामायण’मा खलपात्रको भूमिकामा देखिएका शाहको भूमिका के भनेर कम्पनी गडरेज पिक्चर्स प्रालीले केही खुलाएको छैन । तर फिल्मको सार्वजनिक पोस्टरमा शाहलाई ’एंग्री’ लूक्समा देख्न सकिन्छ ।
पोस्टरमा ग्लब्ससहित सिगार पिउँदै गरेका शाहको पृष्ठभूमिमा जङ्गल, हात्तीको बंगारा र सुढ देख्न सकिन्छ । पोस्टरमा जोडिएका दृश्यले फिल्मले क्राइम थ्रीलर सङ्केत गर्छ ।‘सत्यवीर’को निर्मातामा आदेश सुब्बा हुन् । बिराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय खड्काको ठुलो पर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ । फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौँ र चितवन लगायत तराई क्षेत्रमा छायाङ्कन गरिनेछ ।