निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकेको थियो । परेका उजुरीमाथि जाँचबुझ गर्न सोमबार दिउँसो ३ बजेपछि मंगलबार दिउँसो ४ बजेसम्मको समय छ ।
उजुरीउपर जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । मंसिर २ गते आइतबार मनोनयन दर्ताको समय छुट्याइएको थियो ।स्थानीय तहको आगामी उपनिर्वाचनमा ४४ पदका लागि लागि ४ सय १० जनाको उम्मेदवारी परेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाको वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी ३ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।उम्मेदवारी फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची बुधबार छ । उपनिर्वाचन मंसिर १६ गते हुने छ ।