काठमाडौँ- अन्तिम क्षणमा पेनाल्टी प्राप्त गर्दा स्पेनले स्विट्जरल्यान्डविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको छ।

नेशन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा समूह विजेता बनिसकेको स्पेनका लागि यो खेल औपचारिक मात्र थियो। यस्तोमा स्पेनले निर्णायक खेलमा जित हासिल गर्यो।

आफ्नै जन्मस्थलमा खेलेका पेड्रीले पेनाल्टी गुमाए। तर, उनको सहकर्मी र क्यानारी टापुका अर्का खेलाडी येरेमी पिनोले ३२औँ मिनेटमा रिबाउन्ड गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

६३औँ मिनेटमा जोएल मोन्टेइरोले स्विस टोलीका लागि बराबरी गोल फर्काएका थिए। तर, त्यसको पाँच मिनेटपछिनै ब्रायन गिलले फेरि स्पेनलाई अग्रता दिलाए।

खेलको अन्तिम पाँच मिनेट बाँकी हुँदा, एन्डी जेकिरीले पेनाल्टीमार्फत स्कोर २-२ बनाए। तर, अतिरिक्त समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीमार्फत गोल गर्दै स्पेनको जित निश्चित गरेका थिए।

त्यस्तै, डेनमार्कले सर्बियासँग गोलरहित बराबरी खेलेपछि युरोपियन च्याम्पियन स्पेनसँगै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सर्बियाले दोस्रो स्थान पक्का गर्न जित आवश्यक थियो । तर, घरेलु टोलीले २२ पटक प्रहार गरे पनि कुनै गोल गर्न सकेन।

डिफेन्डर स्ट्राहिन्जा पाभ्लोभिक रातो कार्ड खाएर मैदानबाट बाहिरिए। सर्बिया तेस्रो स्थानमा रह्यो र अब लिग बी टोलीसँग रिलिगेसन-प्रोमोशन प्लेअफ खेल्नुपर्नेछ।

त्यस्तै, सोमबार नै भएको लिग ए अन्तर्गत समूह १ को खेलमा पोर्चुगलसँग १-१ गोलको बराबरी खेलेको क्रोएसियाले क्वाटरफाइनलमा स्थान बनायो।

यसअघि नै क्वाटरफाइनल पुगिसकेको पोर्चुगलले खेलमा जोआओ फेलिक्सको गोलमार्फत अग्रता बनाएको थियो। तर ६५ औं मिनेटमा जोको गार्डिलोटले गोल गर्दै टिमलाई क्वाटरफाइनलमा पुर्याए।

त्यस्तै, युइएफए नेशन्स लिग अन्तर्गत अन्य खेलमा सान मारिनोले लिचेस्टेन्सटेइनलाई ३-१ ले हराउँदा पोल्यन्ड स्कटल्यान्डसँग १-२ ले स्तब्ध भयो।

त्यस्तै, कोसोभोले लुथिनियालाई १-० ले पाखा लगाउँदा रोमानियाले साइप्रसलाई ४-१ ले पराजित गर्यो। त्यस्ते बुलगरिया र बेलारुसले १-१ गोल गर्दा लक्जेम्बर्ग र नर्दन आयरल्यान्डले समान २-२ गोल गरेका थिए।

7
Shares
४ मंसिर २०८१, मंगलवार ०८:३३