आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।
रसिया-युक्रेन युद्धले भयानक रुप लिने डरले त्यस्ता आक्रमणहरूलाई अनुमति दिन अस्वीकार गरिँदै आएको भएपनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुभन्दा करिब २ महिनाअघि जो बाइडेनले यस्तो निर्णय लिएका छन् ।बाइडेनले दिए युक्रेनलाई मिसाइल प्रयोगको अनुमति
अमेरिकाले पहिलोपटक युक्रेनलाई रुसमा आक्रमण गर्नका लागि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको छ । बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार बाइडेन प्रशासनले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका लागि अमेरिकी सेनाको सामरिक मिसाइल प्रणाली प्रयोग गर्न सक्ने बताएको हो ।