समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर विराटनगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रममा समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
अमेरिकामा बसेर पनि संस्थालाई सहयोग गर्ने समाजसेवी हेमराज राई र ज्येष्ठ नागरिक वडा कार्यसमिति अर्थात योग तथा ध्यान केन्द्रमा नियमित आउनुहुने ९० वर्षीया नेत्रकुमारी पौडेल खत्रीलाई सम्मान गरिएको थियो ।उनीहरुलाई मेयर नागेश कोइराला, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
समाजसेवी राईले संस्थालाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । । सोही अवसरमा संस्थाका गतिविधि समेटेर तयार पारिएको स्मारिकासमेत विमोचन गरिएको थियो ।मेयर कोइराला, वडाध्यक्ष नेउपाने, संस्थाका अध्यक्ष भट्टराई, सचिव इन्द्र खतिवडा, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, समाजसेवी चिरञ्जीवी दाहाल, पदमकुमार श्रेष्ठ, ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, यादनरसिंह कार्की, वीरेन्द्र कार्कीलगायतले स्मारिकाको संयुक्त रुपमा विमोचन गरे ।