विराटनगर । नेपाल न्यूरो सर्जन समाज (निसोन)को ११ औं राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा हुँदैछ । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै सम्मेलनको जानकारी दिइएको हो ।

‘प्रविधिसँगको न्यूरो सर्जरीको विकास’ भन्नै मूल नाराका साथ शुक्रबार र शनिबार हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष डाक्टर यमबहादुर रोकाले जानकारी दिए ।

उनले राष्ट्रिय सम्मेलनमा नेपालभरका न्यूरो सर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत देशका विशेषज्ञ गरेर करिब १ सय ५० जना बढीको सहभागिता हुने बताए ।

सम्मेलनका क्रममा विशेषज्ञहरुले १ सय बढी अनुसन्धान कार्यपत्र प्रस्तुत गर्ने छन् । विज्ञहरुले विभिन्न विधामा प्रस्तुत गरे कार्यपत्रमध्ये सर्वश्रेष्ठ कार्यपत्र सम्मान र पुरस्कार पनि प्रदान गरिने डा. रोकाले बताए ।

विगतमा काठमाडौंमा मात्रै हुँदै आएको सम्मेलनलाई २ वर्षदेखि काठमाडौं बाहिर आयोजन गर्न थलिएको हो ।
21
Shares
२९ कार्तिक २०८१, बिहीबार १७:५२