विराटनगर । घरबाट लडेर घाइते भएका वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो ४ बजेतिर आफ्नै घरबाट लडेर फुयाँल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले बताए । उनका अनुसार फुयाँल विराटनगर महानगरपालिका–७ स्थित पुरानो घरको छतबाट चिप्लिएर खसेका थिए । फुयाँलको घर जिल्ला अदालतनजिकै पर्छ ।

14
Shares
२७ कार्तिक २०८१, मंगलवार ०९:३८