प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला लगायतका कला प्रस्तुत गरेका थिए। सो कार्यक्रममा ‘काठमाडौं जेसिस’ का अध्यक्ष एन्जिला खडका, पूर्व अध्यक्ष सुमन महर्जन, कार्यकारिणी उपाध्यक्ष नारायण अचार्य, सचिव श्याम घिमिरे, कोषाध्यक्ष करुणा थापा, उपाध्यक्ष रितिज कार्की लगायतको उपस्थिति थियो।
साथै मिस टिन नेपाल–२०२१ अदिति कोइराला उपस्थित रहेको थियो। सो कार्यक्रमको कोरियोग्रफर सुगारिका केसि गरेका थिए भने कार्यक्रमको संचालन अदिति कोइरालाले गरेका थिए।जजमा टेन एक्स क्लबका सिइओ पौरखमर्दन बस्न्यात, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सुमन महर्जन, सिङ्स लाउन्जका म्यानिजेङ डाइरेक्टर सोबर वाङदेन, कवी किशोर घिमिरे र कोरियोग्राफर तथा अभिनेत्री तेन्जु योन्जन रहेका थिए।