नक्सालमा सोमबार एनपीएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपीएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले चौबिसै घन्टा निगरानी राख्ने बताए।
साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानी राख्ने बताए। उनले एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको स्पष्ट पारे।एनपीएलमा म्याच फिक्सिङ हुन दिन्नौँः पारस खड्का
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।