ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि आफ्नो २५० औं खेललाई सम्झनलायक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। अन्तरिम प्रशिक्षकको सफल भुमिकाका साथ रुड भ्यान निसटेलरोयले अन्तिम खेलमा जित निकाल्न सफल भए। अन्तरिम प्रशिक्षकको रुपमा आफ्नो अन्तिम खेलमा युनाइटेडलाई लेस्टर विरुद्ध ३-० को जित दिलाउन सफल भए।
फर्नान्डेसले पहिलो गोल गरेका थिए र दोस्रो गोलमा पनि उनको योगदान थियो, तर भिक्टर क्रिस्टियानसेनको आत्मघाती गोलको रूपमा युनाइटेडले २-० को अग्रता बनायो। त्यसपछि उनले एलेजान्ड्रो गार्नाचोलाई तेस्रो उत्कृष्ट गोलका लागि पास मिलाउँदै टिमको सहज जित पक्का गरे।युनाइटेडले एरिक टेन हागको बर्खास्ती पछि चार खेलमा तेस्रो जित हासिल गरेको छ।त्यस्तै अर्को खेलमा चेल्सीले आफ्नो घरेलु मैदानमा आर्सनल सँग अङ्क खोस्न सफल भयो। पेड्रो नेटोले उत्कृष्ट बराबरी गोल गर्दै चेल्सी र आर्सेनलबिचको स्टामफोर्ड बिचको भिडन्त १-१ गोलको बराबरीमा सकियो। रोचक खेलमा प्रिमियर लिगका शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंकको दूरी घटाउने मौका दुबै टिमले गुमाए।