विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले मोरङले ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ।

एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीका अनुसार शनिबार सम्पन्न बैठकले तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

गाउँपालिकाबाट ११ जनाको नाम आएकोमा छलफलपछि सहमतिमा तीन जनाको नाम सिफारिस गरिएको उनले बताए। उनका अनुसार प्रदेश कमिटीले पनि केन्द्रीय सचिवालयलाई नाम सिफारिस गरिसकेको छ।

अध्यक्ष कार्कीका अनुसार सचिवालय बैठकले अन्तिम नाम टुङ्ग्याएर आजै रातिसम्ममा निर्णय गर्न सक्नेछ। विश्वास ग्रामथान गाँउ कमिटीका उपाध्यक्ष हुन्। २०७९ सालको निर्वाचनअघि विश्वास नेपाली कांग्रेसमा रहेका थिए।

21
Shares
२४ कार्तिक २०८१, शनिबार १८:२४