काठमाडौं । सन् २०२४ को अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक आगमन बराबरी संख्यामा भयो । समान्यतया अन्य महिनामा भारतीयको आगमन अन्य मुलुकको तुलनामा दोब्बर हुने गरेको थियो । तर, हवाइ भाडा बढेपछि भारतीय पर्यटकहरूको संख्यामा भारी गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डले मनसुनजन्य घटनाका कारण भारतीय पर्यटकको आगमन कम भएको बताएको छ । तर, सडक मार्गबाट आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दैन । जहाज चढेर आउने भारतीय पर्यटकको मात्र गणना हुन्छ ।

जहाज चढेर आउने भारतीय पर्यटकको संख्यामा भारी गिरावट आउनुमा बढेको हवाई भाडा मुख्य कारण रहेको व्यवयासी बताउँछन् । त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा विमानस्थल बन्द हुँदैछ । यसले साविकको उडानहरूमा ३० प्रतिशतसम्म कटौती हुँदैछ । यसको प्रभावले हवाई भाडा आकासिएको छ ।

अक्टोबरमा १६ हजार ३१३ जना भारतीय आउँदा १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् । होटेल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठका अनुसार ३/६ महिना अगाडि नै भ्रमण निश्चित गर्ने प्रवृत्ति रहेका युरोपेली र अमेरिकी पर्यटकहरूको आगमनलाई नेपालमा भएको पछिल्लो निर्णयले असर गरेन ।

21
Shares
२४ कार्तिक २०८१, शनिबार ०८:४७