काठमाडौं । अमेरिकी डलरको भाउ नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा डलर १४ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ७० पैसा छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै साउदी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ २ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ८६ पैसा छ । राष्ट्र बैंकले शुक्रबारका लागि कतारी रियालको बिक्रीदर मूल्य ३७ रुपैयाँ १२ पैसा तथा खरिदर मूल्य ३६ रुपैयाँ ९६ पैसा तोकेको छ ।
यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६७ पैसा छ । एक मलेसियन रिंगिटको खरिददर मूल्य ३० रुपैयाँ ५९ पैसा रहँदा बिक्रीदर मूल्य ३० रुपैयाँ ७३ पैसा छ ।
त्यस्तै अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८९ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ८९ रुपैयाँ ३३ पैसा छ ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक औसत १३५ अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १४ अर्बको सामान निर्यात हुने गरेको छ ।