झापा- तास खेलिरहेको अवस्थामा झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्यांगडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ तास बरामद भएको छ।

पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का सेवराज राजवंशी छन्। यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन्।

यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खडीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र कुँवर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ। रिमालको घरमा तासको खाल राखी हार-मारको लागि नगद बाजी राखी तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु