काठमाडौं । नेपाल आउने पर्यटकको संख्या गत वर्षको तुलनामा बढेको छ । २०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार पर्यटक आएकामा यो वर्षको सोही अवधिमा १ लाख २४ हजार पर्यटक आएका हुन् ।

जुन गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । कोरोना महामारीअघि सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार पर्यटक आएका थिए । २०२४ को १० महिनामा ९ लाख ४१ हजार ३२ पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका थिए । सबैभन्दा बढी पर्यटक भने भारतबाट आएका छन् ।

कुल नेपालमा आएका पर्यटकमध्ये भारतबाट १३ दशमलव एक–एक प्रतिशत, अमेरिकाबाट १२ दशमलव आठ–आठ चीनबाट ६ दशमलव दुई–तीन प्रतिशत पर्यटक आएका छन् । कोरोनापछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको देखिएको छ । कोरोना महामारीअघिको तुलनामा ९२ प्रतिशत सुधार भएको देखिएको हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु