विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो ।
महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले समेत टेलिस्कोपमार्फत सूर्यको अवलोकन गरेका थिए ।महानगरपालिका परिसर, पुष्पलालचोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिए ।
चक्कामा खगोल विज्ञान नाम दिएको उक्त कार्यक्रमपछि समितिको समेत प्रचार हुने र विद्यार्थीहरुमा खगोल विज्ञानप्रति रुचि बढ्ने अध्यक्ष विश्वासले बताए ।