भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ।

उत्तराखण्डको अल्मोडामा भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ।

उनीहरुलाई ऋषिकेशस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) र हल्द्वानीको सुशीला तिवारी अस्पताल लगिएको छ। उत्तराखण्डको मुख्यमन्त्री कार्यालयले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ।
14
Shares
२० कार्तिक २०८१, मंगलवार ०७:०३