बिराटनगर । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको बैठकले मंसिर २ गते ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने निर्णय गरेको छ । संयुक्त संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा बसेको बैठकले मंसिर २ गते विराटनगरमा विरोध र्यालीसँगै नयाँ चरणको आन्दोलन घोषणा गर्ने निर्णय भएको पहिचानको लागि युवाको संयोजक भीम राईले बताए ।

बैठकमा पूर्ब मन्त्री गोपाल किराती, पहिचानको आधारमा पुन नामकरण अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राई, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन (मिराक) लगायतको उपस्थिति रहेको थियो ।

बैठकले पहिचान आन्दोलनलाई थप सशक्त बनाउन प्रेम एक्तेनको संयोजकत्वमा केन्द्रीय कमाण्ड गठन गरेको छ । संघर्ष समितिमा रहेका संगठनको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति सुदस्य हुने गरी कमाण्ड गठन गरिएको हो । कमाण्डमा गोपाल किराती, कुमार लिङ्देन, केपी पालुङ्वा, डकेन्द्रसिंह थेगिम, गेल्जे शेर्पा, जीवन हाताचो राई, तिलकप्रसाद राई, रमेश राई, पदम अधिकारी भीम राई लगायत १४ जना सदस्य रहनेगरी केन्द्रीय कमाण्ड गठन भएको छ । आन्दोलनको योजना निर्माण र नेतृत्व सो कमाण्डले गर्नेछ ।

त्यसैगरी आन्दोलनलाई प्रचारप्रशारको लागि अर्जुन जम्नेली राईको सयोजकत्वमा शन्तवीर लामा, सुजता लिम्बू, भक्तशेर लिम्बू, दिलकुमार लावती, राजेन्द्र दुष्ट, ओमनारायण राजंशी लगायत १५ सदस्यीय समिति गठन भएको छ ।

28
Shares
१९ कार्तिक २०८१, सोमबार १८:४६