विराटनगर । तिहारमा रमाइलो गर्ने नाममा मोरङका अलगअलग स्थानमा पटका पड्काउँदा बालकसहित दुई जना घाइते भएका छन् । विराटनगर र रंगेलीमा बिहीबार राति घटना भएको हो । बिहीबार मध्यराति पटका पड्काउँदा विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय पंकज गुप्ता घाइते भएका छन् । पट्का पड्काउँदा छर्राले उनको दाहिने हातमा चोट लागेको हो ।

प्रहरीका अनुसार गुप्ताको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै, रंगेली नगरपालिका–६ मा १३ वर्षीय बालक घाइते भएका छन् । पटका पड्काउँदा प्रकाश महतोका छोरा सुशीलकुमार महतो घाइते भएको प्रहरीले जनाएको छ ।

पटकाको छर्राले लागेर उनको दुवै हात र पेटमा चोट लागेको छ । उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएका बालकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी प्रहरीले दिएको छ ।

56
Shares
१६ कार्तिक २०८१, शुक्रबार १६:५५