काठमाडौं । नेपाल एक खेल अगावै हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग ३४ रनले पराजित भएको हो ।

अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
56
Shares
१६ कार्तिक २०८१, शुक्रबार १६:४८