नेपालले हङकङमा जारी हङकङ सिक्सेसमा इंग्ल्यान्डमाथि सानदार जित निकालेको छ । पहिलो पटक सहभागिता जनाएको नेपालले इंग्ल्यान्डमाथि सानदार ६ विकेटको जित निकालेको हो ।

नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको थियो । नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो ।

नेपालको जितमा सन्दीप जोराले १२ रनमा अर्धशतक बनाए । कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए, रासिद खानले २१ रन जाेडे ।

नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

7
Shares
१६ कार्तिक २०८१, शुक्रबार ०९:१७