खोटाङ । एक युवा समूहले तिहारमा माइती जाने चेलीहरूलाई निःशुल्क रूपमा बाइक सेवा दिने भएको छ । आर्थिक अवस्था कमजोर भएका तथा समस्यामा परेका चेलीहरूलाई माइतीसम्म पुर्‍याउन मोटरसाइकल सेवा दिने भएको हो ।

अभियानको नेतृत्व गरिरहेका सञ्जयकुमार राईका अनुसार तिहारमा माइती जानका लागि शुक्रबार र माइतीबाट फर्कनका लागि कात्तिक १९ गते सेवा दिइने छ । यसका लागि दश जना युवाले ३५ किलोमिटर दूरीसम्मको सेवा दिने राईले सुनाए ।

दसैंमा पनि पाँच जना युवाले ७० जनालाई निःशुल्क रूपमा सेवा दिएको राईले जनाए । ‘हामीले दसैंमा पनि ७० जनालाई सेवा दियौं,’ राईले भने–‘तिहारमा माइती जाने चेलीहरूलाई ३५ किलोमिटर दूरीसम्मको सेवा दिने भएका छौं ।’

21
Shares
१६ कार्तिक २०८१, शुक्रबार ०७:१०