जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशका पर्यटकीय र धार्मिक स्थलसँगै यहाँका विभिन्न जाति जनजाति र जैविक विविधता सम्बन्धित तस्बिरहरु प्रदर्शनी गरिएको हो ।आयोजकलाई प्राप्त भएका २७० तस्बिरमध्ये छनौटमा परेका ४८ तस्बिर प्रदर्शनीमा राखिएको आयोजक फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाले बताए ।
पर्यटन कार्यालय काँकडभिट्टासँगको सहकार्यमा नेपाल फोटो पत्रकार महासंघ पाँचथर शाखाले मंगलबार र बुधबार फिदिम बजारको बीपी पार्कमा २ दिनसम्म फोटो प्रदर्शनी गरेको हो ।दुई दिनको अवधिमा पाँच सय भन्दा धेरै नागरिकले यहाँ राखिएका तस्बिरहरु अवललोकन गरेको आयोजकको दाबी छ । प्रदर्शनीमा राखिएमध्ये पर्यटकीय स्थल र जैविक विविधता सम्वन्धित तस्बिरले ध्यान तानेको अवलोकनकर्ताहरुको प्रतिक्रिया थियो ।
प्रतियोगितात्मक प्रदर्शनीमा खोटाङका सरोज चाम्लिङ, संखुवसभाका गंगा विष्ट र काठमाडौँका एपी तोलाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै क्रमशः २०, १५ र १० हजार रुपैयाँ नगद सहित पुरस्कृत भए । यस्तै, फिदिमका सुगम ढुंगाना उदियमान फोटो ग्राफरको उपाधिसहित ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए ।