विराटनगर । मोरङमा प्रेसर कुकर विस्फोट हुँदा घाइते भएकी महिलाको १२ दिनपछि मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको हो । घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन् ।
कुकरको सिट्ठीले निधारमा लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।