काठमाडौं । साफ महिला च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमका प्रत्येक खेलाडीले ३ लाख रूपैयाँ पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार सरकारले पुरस्कार स्वरुप खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेको हो । मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोले १ लाख २० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।

दशरथ रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो । उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले बुधबार नै २५ लाख रूपैयाँसहित सम्मान गरेको थियो ।
14
Shares
१५ कार्तिक २०८१, बिहीबार १४:५६