संखुवासभा । टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ । दुर्घटना २ जना भारतीय मजदुर घाइते भएका छन् ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक मोहमद रहेको डीएसपी बस्नेतले जानकारी दिए । दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।
घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ । डीएसपी बस्नेतका अनुसार पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो ।