साउदी प्रोलिग क्लब अलनासर साउदीको प्रतिष्ठित किंग्स कपको अन्तिम १६ बाटै बाहिरिएको छ। साउदी प्रो लिगको नवौं स्थानमा रहेको अल तावोनसँग १-० ले पराजित हुँदै अल नासर प्रतियोगिताबाट बाहिरियो।पोर्चुगलका विश्वचर्चित स्टार क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा पाएको पेनाल्टीको मौका गुमाउँदा अल नासर अन्तिम १६ बाटै बाहिरिएको हो।

गत संस्करणमा पेनाल्टीमा पराजित हुँदै ट्रफी चुम्नबाट चुकेका रोनाल्डो यो पटकपनि अन्तिम १६ बाटै निरास हुन पुगे। अल तावोनविरुद्धको अन्तिम १६ को खेलमा अलनासरले गोलका पर्याप्त अवसरहरू सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन।

यस्तोमा खेलको ७५औँ मिनेटमा वालिद अल-अहमदले खेलमा अप्रत्यासित रुपमा अल तावोनलाई अग्रता दिलाउँदा रोनाल्डो र अल नासर समर्थक स्तब्ध बनेका थिए। त्यसपछि अल नासरले गोलका अनेकन प्रयास गरेपनि सफल हुन सकेको थिएन।

१२ मिनेट थपिएको अतिरिक्त समयमा ९५औँ मिनेटमा अलनासरले पेनाल्टी पायो धेरैँले लामो सास फेरेको यो पेनाल्टी त्यतीबेला निरासामा परिणत भयो। जब स्टार स्ट्राइकर रोनलाल्डोले क्रसबारमाथिबाट फाले। त्यसपछि थप निरास देखिएको टोली अन्तत किङ्स कपलाई अल-अव्वल पार्कबाटै विदा गर्न बाध्य भयो।

21
Shares
१४ कार्तिक २०८१, बुधबार १०:५७