राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सह–आयोजनामा नारायणहिटी अगाडि भएको सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराए ।
उनले कागसँग उसको भाषा बुझेर मलाई आपत् पर्यो भन्दै सहयोग मागेर बोलायो भने काग आफुतिर आउने बताए । कागको स्वभावअनुसार बोलाउँदा काग तिहारको बिहान आज कागलाई भेला गर्न सकिएको उनको भनाइ छ ।कलाकार रमेश दुलालबाट काग सम्मेलन
काठमाण्डौ । काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल (कागे) ले काठमाण्डौमा २१ औँ काग सम्मेलन गरेका छन् । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार दुलालले अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन गरेका हुन् ।