विराटनगर । नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) को आयोजनामा अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । फिनल्याण्डले उपाधिसहित नगद ३ लाख ९० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने टिम जर्मनीलाई १ लाख ९० हजारका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा आयोजक एनईएससी तेस्रो हुँदा स्वीजरल्याण्ड चौथो र एनईएससी वी पाँचौं हुन सफल भएका थिए ।

आयोजक टिमका क्याप्टेन ख्याम विक र खेलाडी आङकामी लामा घाइते भएका कारण उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसारको नतिजा निकाल्न नसकिएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले बताए ।

विजेता टिम र खेलाडीहरुलाई अष्ट्रियाका राजदूत भरतकुमार रेग्मी, अध्यक्ष दिलकुमार घमाल, सल्लाहकार विकास कार्की, डा. किशोर कमल, एनआरएनए अष्ट्रियाकी महिला संयोजक निरु कार्कीलगायतले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

14
Shares
१४ कार्तिक २०८१, बुधबार ०६:३९