४९ वर्षीय तामाङ कात्तिक ११ गते हिलिहाङ-७ भारपास्थित घरबाट हिँडेका थिए । बिहान ७ बजे घरदेखि हिँडेका उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा डुबेको अवस्थामा भेटिएपछि आफन्त र परिवारका सदस्यले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिकाका कृष्ण तामाङ हाइड्रो पावरको ड्यामभित्र डुबेको अवस्थामा भेटिएका छन् । उनको शव फिदिम-४ स्थित पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
14
Shares
