काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको दानमा एमालेको पार्टी कार्यालय बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। न्यायाधीश सुनिल पोखरेलको इजलासले सोमबार रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेशका साथै अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेको हो।
अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई कात्तिक २६ गते बोलाएको रिट निवेदक डा. ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
यसअघि बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइका लागि पेसी तोकिए पनि उक्त रिट हेर्न नमिल्नेुमा परेको थियो।
गुरुङले काठमाडौँको कीर्तिपुरमा एमालेका लागि १० रोपनी १४ आना जग्गामा एक वर्षभित्र सुविधा सम्पन्न भवन बनाएर हस्तान्तरण गर्ने घोषणा गरेका थिए।
असोज २५ गते भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए।
कात्तिक १ गते अधिवक्ताहरु डा। ज्ञान बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले दानमा पार्टी कार्यालय बनाउने कार्य गम्भीर भ्रष्टाचारजन्य अपराध भएको हुँदा रोक्न माग गर्दै रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। दरपिठ बदर गरेपछि रिटमा सोमबार प्रारम्भिक सुनुवाइ भएको हो।
याधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको निर्णय बदर गरेको थियो। प्रशासनको निर्णय दबर भएसँगै दानमा एमाले कार्यालय बनाउने निर्णयको न्यायिक परीक्षण हुने बाटो खुलेको थियो।