विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।
वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गरे ।
कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत थिए । इमान्दार र कतव्र्यनिष्ठ भएर जनताको सेवामा समर्पित भएका कारण कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताए ।
सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तला उद्घाटन गरे । वडा कार्यालयले चियापानसहित तिहार, छठ र नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदानसमेत राखेको थियो ।