विराटनगर । मोरङ प्रहरी प्रवक्ताको जिम्मेवारी डीएसपी (प्रहरी नायव उपरीक्षक) वेदप्रकाश जोशीले पाएका छन् ।

यसअघि डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेत मोरङ प्रहरीका प्रवक्ता थिए । उनको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कात्तिक ५ गते काज सरुवा भएको थियो ।

बस्नेतका ठाउँमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय सुरक्षा परिषद् काठमाडौंमा कार्यरत डीएसपी मदन केसीलाई मोरङ पठाएको छ । तर, केसी मोरङ हाजिर भइसकेका छैनन् ।

बस्नेतको काज सरुवा भएका कारण मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले डीएसपी जोशीलाई प्रवक्ता तोकेका हुन् । जोशीले प्रवक्ताको हैसियतामा मोरङ प्रहरीका कामकारबाही, जिल्लाभरको घटना, दुर्घटनादेखि प्रहरीका गतिविधिलगायतका विषयलाई आधिकारिक हिसाबले जानकारी दिने छन् ।

14
Shares
१० कार्तिक २०८१, शनिबार ०६:०४