काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि रास्वपाले आजदेखि नै काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेको थियो ।
बिहीबारसम्म रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आज दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।
सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि प्रदर्शन गरिरहेको छन् ।