सोलुखुम्बु ।  जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य धर्मध्वज बस्नेत १० दिनदेखि बेपत्ता भएका छन् । सोताङ गाउँपालिका-१ घर भई हाल सोताङ-५ शिवटार बजार बस्दै आएका बस्नेत गत असोज २२ गते दिँउसो १ बजे घरबाट निस्केर हिँडेदेखि सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले जानकारी दिए ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सदस्य बस्नेतको खोजीकार्यमा जुट्न आग्रह गरेका छन् । उनले विज्ञप्तिमार्फत १० दिनदेखि सम्पर्कविहीन रहेका सदस्यको खोजीका लागि संवेदनशील भएर लाग्न अनुरोध गरेका छन् ।

यता प्रहरीले सदस्य बस्नेतको खोजीकार्यलाई तीव्रता दिएको जनाएको छ । हराएको थाह पाउनासाथ प्रहरी टोली खोजीकार्यमा खटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । ‘सबै किसिमले खोजी र अनुसन्धानलाई तीव्रता दिएका छौं,’ डीएसपी घिमिरेले भने ।
35
Shares
३ कार्तिक २०८१, शनिबार ०५:५८