झापा- प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए।
प्रहरीले जुवाको खालबाट करिव ५ लाख रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।