घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको खोलाले बगाएर मृत्यु भएको अवस्थामा वृद्धको शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । तर्ने क्रममा उनलाई खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।त्यस्तै, खोलामा डुबेर रतुवामाई नगरपालिका–१० का ३८ वर्षीय बखतबहादुर मगरको मृत्यु भएको छ । कट्नु खोलामा डुबिरहेको अवस्थामा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बुधबार बेलुकादेखि बेपत्ता थिए । डुबेर मृत्यु भएको अवस्थामा भोलिपल्ट शव फेला परेको हो । इलाका प्रहरी कार्यालय सिजुवका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।यसैबीच, रतुवामाई नगरपालिका–२ मा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । अनन्त शर्माका १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी विमल राजवंशीको पोखरीमा डुबेर घाइते भएको अवस्थामा दिउँसो बजेतिर सन्ध्यालाई फेला पारिएको थियो ।
घाइते अवस्थामा उद्दार गरेर उपचारका लागि नगर अस्पताल झुर्किया लैजाने क्रममा बाटोमै बालिकाको मृत्युु भएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।