धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका वडा एरियाहरुमा अवैध रुपमा लगाएका तथा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले नष्ट गरेको छ ।

असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले  शहिदभुमी गाउँपालिका-३, ४ र ५वडा एरियाको १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५००बोट,  साँगुरीगढी- ७ र ८ स्थितमा २ हजार ५०० बोट र पाख्रिबास-१० स्थितमा ९ सय बोट नष्ट गरेको छ ।

35
Shares
२२ आश्विन २०८१, मंगलवार १७:२८