विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमालेको गठबन्धन तत्काल नटुट्ने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले दुई ठूला दलको गठबन्धन तत्काल टुट्ने अवस्थामा नरहेको बताएका हुन्।

उनले भने, ‘दुई दलको अहिलेको गठबन्धन यसै टुट्दैन।’ नेता कोइरालाले सरकारको काममा भने आफू सन्तुष्ट नरहेको बताए। नेता कोइरालाले बहुमतसहितको सरकारले जनताको अपेक्षा र मर्मअनुसार काम गर्न नसकेको बताएका हुन्।

सरकारले असोज ११ र १२ गते गएको बाढीपहिरोबाट पीडित भएका जनताप्रति सरकारले ठोस काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘बाढीपहिरोबाट जनता मर्माहत भइरहँदा सरकारले प्रभावकारी उपस्थिति देखाउन नसक्नु दुःखद हो। पीडितहरुको रातह उद्धार र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गर्न सकेन। दुई वटा ठूला दलको सरकारबाट जनताले जुन अपेक्षा गरेका थिए, यसपटक त्यो हुन सकेन।’

21
Shares
२२ आश्विन २०८१, मंगलवार १६:०४