विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीले चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

महानगर कमिटीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीलाई बलियो बनाउनका लागि सबै जना पार्टीको नीति, नियममा हिँड्नु पर्ने बताए ।

एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले जननेता मदन भण्डारीले नेतृत्व गरेको महानगर कमिटीले पाएको नयाँ नेतृत्वले पार्टीलाई सफल बनाउने गरी लाग्नुपर्ने बताए ।

कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेत, मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीलगायतले शुभकामना दिँदै छोटो समयमा महानगर कमिटीले देखाएको सक्रियताको प्रशंसा गरे ।

उनीहरुले नेताकोपछि नभएर नीतिकोपछि लागेर कार्य गर्नुपर्ने बताए । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएकाे थियाे ।

7
Shares
२० आश्विन २०८१, आईतवार ०५:०३