काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा भएको क्षति विवरण संकलनगरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्‍याएको छ यसको वास्तविक तथ्यांक चाँडो संकलन गर्न निर्देशन दिए ।

मन्त्री अधिकारीले भने, ‘बाढीले थुप्रै कृषिउपजमा क्षति पुर्‍याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।’ बैठकमा क्षतिको यकिन तथ्यांक चाँडो सक्कल नगरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

21
Shares
१३ आश्विन २०८१, आईतवार १७:०२