विराटनगर । बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ । शुक्रबारयता बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुगेको हो । प्रहरीका अनुसार ५५ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ। विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ।

काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्लेखोलाको पहिरो पन्छाएर यातायात खुलाउने प्रयास भइरहेको छ । झ्याप्लेखोलामा ३५ जनाको शव फेला परेको छ । खोलामाथिबाट खसेको पहिरोले चार वटा गाडी पुरेको थियो । पुरेकाे बस भित्र ३५ जनाकाे शव फेला परेकाे हाे ।

21
Shares
१३ आश्विन २०८१, आईतवार १६:५३