काठमाडौँ । एसियाली विकास बैंकले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको दाबी गरेको छ। बुधबार काठमाडौंमा आयोजित ‘एसियन डेभलपमेन्ट आउटलुक २०२४’ कार्यक्रममा एडिबीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि हुने जनाएको हो।

एडिबीले नेपालमा आर्थिक वर्ष ०८१/८२ मा आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षपण गरेको छ।

सन् २०२४ मा जिडिपी ३.९५ रहेकोमा २०२५ मा वृद्धिदर ४.९५ पुग्ने दाबी गरेको छ। अघिल्लो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि दर २.०५ थियो।

एडिबीले मौद्रिक नीतिका कारण विस्तारै अर्थतन्त्रमा सुधार देखिँदै जाने जनाएको छ। घरजग्गा कारोबार, थोक तथा खुद्रा व्यापारमा समेत चालु आर्थिक वर्षमा सुधार हुने दाबी गरेको। यसरी अर्थतन्त्र सुधारको संकेत देखिनुमा घरेलु उपभोग्य वस्तुको मागमा भएको वृद्धि र पूर्वाधारमा भएको लगानीको मुख्य कारण रहेको एडिबीको भनाइ छ।

चालु वर्षमा मुद्रास्फ्रित पनि घट्ने एडिबीको प्रक्षेपण छ। २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति घटेर ५.४५ पुग्ने र २०२५ मा स्थिर हुँदै ५.५५ मा रहने उसले दाबी गरेको छ।

आर्थिक वर्ष २०२३ मा नेपालको मुद्रास्फीति ७.७५ मा थियो, जसले मूल्य वृद्धि दबाबलाई जनाउँछ।

35
Shares
९ आश्विन २०८१, बुधबार १४:४०