विराटनगर । विराट साहित्य संगमको वार्षिक साधारण सभाका अवसरमा स्रष्टाहरुको सम्मान गरिएको छ । यसै अवसरमा २१८औँ साहित्यिक शृङ्खला पनि सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मधु पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हरिहर भण्डारी सहभागी थिए । यस्तै, अतिथिका रुपमा ऋतु आसीकको सहभागिता थियो ।
कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान गरिएको थियो । धनकुटाकी स्रष्टा गीता अधिकारीलाई बैजनाथ–यमुनादेवी भट्टराई स्मृति विसास पुरस्कारले सम्मान गरियो ।
यस्तै, शारदा कार्कीलाई राधादेवी दाहाल स्मृति पुरस्कार प्रदान गरियो । प्रतिभा विराट साहित्य सम्मान पुरस्कारबाट लीलानाथ सिलवाल सम्मानित भए ।
त्यस अवसरमा स्रष्टाहरुले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । यसैगरी, ‘संगम अभियान’ को १७२औँ अंक लोकार्पण पनि गरिएको थियो ।
त्यस क्रममा भीमेन्द्र कार्की, प्रा. डा. हरिहर भण्डारी, ऋतु आसीकसहितको अध्यक्ष मण्डलले नयाँ कार्य समिति प्रस्तावित गरेअनुसार साधारण सभाले सर्वसम्मत अनुमोद गरेको थियो ।
नयाँ कार्य समितिमा अध्यक्ष मधु पोखरेल छन् भने उपाध्यक्षमा जीवन काफ्ले छन् । सचिव गोपाल निर्भीक, सहसचिव भवानी पोखरेल, कोषाध्याक्ष भीम कोइराला, सदस्यमा कविता चापागाईं, हरिप्रसाद बराल, रामबाबु दाहाल, कविता केशरी, प्रिन्स प्रमोद ढकाल छन् ।